विगत दुईवर्षयता सुनसरीमा सञ्चालनमा रहेको पहुँच परियोजनाको समयावधी सकिएको छ । गरिब तथा सीमान्तकृत समूदायको सुरक्षा र न्यायमा पहँच अभिवृद्दिको उद्येश्यसाथ सञ्चालित परियोजना इनरुवामा समिक्षात्मक गोष्ठीकाबिच समापन भएको घोषणा गरिएको हो ।
सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिस पुरुषोत्तम ढकाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती सहित सरोकारवालाको उपस्थितीकाबिच पहुँच परियोजनाको मूख्य आयोजक साझा सवालका लागि साझा मञ्च कोकनकी पूर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले कार्यक्रम संचालन पश्चात समाजमा आएको परिवर्तन र सुधारकाबारेमा जानकारी गराइन् ।

पहुँच परियोजना अन्र्तगत सुनसरीको देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, गढी, कोशी र बर्जु गाउँपालिका सहित इनरुवा, दुहवी र रामधुनी नगरपालिकामा निहित रहेर सञ्चालनमा रहेको थियो ।परियोजना अन्र्तगत स्थानीय तहमा सुरक्षा र न्यायमा पहँच विषयमा केन्द्रीत रही समूदाय प्रहरी संवाद, नाट्य शाला, फुटबल क्लिनिक, किशोरीहरुकालागि आत्मरक्षा तालिम, सडक नाटम, रेडियो संवाद सहित सूचना सम्प्रेषणका साथै सचेतनामूलक पर्चा पमप्लेट लगायतका कार्यक्रम समपन्न गरिएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार दुई वर्षे कार्यअवधीमा परियोजनाको कुल खर्च ६६ लाखको हाराहारीमा भएको छ । कोकनले सुनसरीमा सेलर्ड, पत्रकार महासंघ, सप्तकोशी एफएम सहित नेपाल प्रहरीसँगको सहकार्यमा पहँुच कार्यक्रम संचालन गरेको थियो ।










