इनरुवा । नदिमा बगाएर भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले मदिरा बरामद गरेको छ । कोशी ब्यारेज हुँदै नदिमा बगाएर लैजादै गर्दा ४८ हजार बराबरको मदिरा कोशी ब्यारेजबाट असय ईश्वर दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो ।
भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण पूर्णरूपमा रोक लगाएपछि २ वर्षयता सीमावर्ती क्षेत्रका तस्करहरुले मदिरा भारत तस्करी गर्न विभिन्न जुक्ति अपनाउदै आएको प्रहरीले जनाएको छ । तर सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाएपछि पछिल्लो समय मदिरा तस्करहरुको नयाँ नयाँ जुक्ति असफल हुँदै आएको प्रहरीको भनाइ छ ।









