इनरुवा। गाई काटेको आशंकामा सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा बलुवा वस्ती पुगेको प्रहरीले मासु सहित स्थानीय समसा खातुन र भोक्राहाका हमिर मन्सुरीसँगै फरमुद्दिन मन्सुरीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद गरेको मासु परीक्षणकालागि काठमाण्डौं पठाउने तयारी गरेको छ । पक्राउ परेकाहरुका हकमा अनुसन्धान जारी रहेको बताएको सुनसरी प्रहरीले परीक्षण रिपोर्ट आएपश्चात थप कार्वाहीको प्रकृया अघि बढ्ने जनाएको छ ।









