बेलाबेलामा रोचक समाचारहरु सार्वजनिक भैरहन्छन् । कत्तिपय विश्वास गर्नैपर्ने विषयहरु बाहिर आउँछन् । पत्यार नै नलाग्ने तर सत्य घटनाहरु धेरै भैरहन्छन् । यस्तै भएको छ भारतमा । एउटा वाख्राको मुल्य कत्ति पर्ला ? ३ हजार की ५ हजार ? अर्थात बढि पर्यो भने २० देखि ३० हजारसम्म । अनि अर्को कुरा ९७ लाख रुपैयाँमा कत्ति वटा बाख्रा किन्न सकिन्छ ? अनुमान लगाउने जिम्मा तपाईको भयो । भारतमा एउटा बाख्राको मूल्य नै ९७ लाख ६० हजार तोकिएको छ । भारतको राजस्थानस्थित भरतपूर इलाकाका एकजना किसानले आफ्नो घरमा पालेको एक बाख्राको मूल्य ६१ लाख भारु अर्थात् ९७ लाख ६० हजार रुपैयाँ तोकेका छन् । ग्राहकले उनको घरमै आएर उक्त बाख्राका लागि ४८ लाख भारु अर्थात् ७६ लाख ८० हजार मूल्य दिँदा समेत उनले बाख्रा बेच्न अस्विकार गरे । आफुले ६१ लाख भारु भन्दा कम मूल्यमा बाख्रो नबेच्ने अडान उनको छ । आखिर सत्र महिनाको त्यो बाख्रोमा के त्यस्तो बहुमुल्य चिज छ जसका कारण त्यसको मूल्य नै झण्डै एक करोड रुपैयाँ पुगेको छ ? यसको एउटा रोचक कारण छ । यो बाख्राको दुबै कानमा जन्मजात धार्मिक चिन्हको आकारका चिनो रहेका छन् । उक्त अद्भुत बाख्रो घरमा ल्याएदेखि उनले बाख्रालाई भिआइपी स्याहार तथा उपचार प्रदान गर्दै आएका छन् । बाख्रो एसी वाला कोठामा बस्ने गरेको छ र केवल ड्राइ फुड्स मात्र खाने गरेको छ । नाम नखुलाइएका ती बाख्राका मालिक आफैले पनि उक्त बाख्रा केही महिना पछिले साढे ९ लाख भारुमा किनेर ल्याएका रहेछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...









