- अमर काफ्ले

सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै छ । जिल्लाका विभिन्न स्थानमा रहेका नदी, खोला, तलाउ, पोखरी र जलाशय गरी भिन्नाभिन्नै ९५ वटा स्थानमा छठ पूजाकालागि घाट निर्माण गरिएका छन् ।छठ पूजालाई दशैं तिहार पछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । हरेक वर्ष छठ मनाउनेको संख्या थपिंदै जाँदा नदी, खोला, पोखरीका अलावा आफु पायकका स्थानमा जलाशय निर्माण गरेर समेत सूर्यको उपासना सहित पूजाअर्चना गर्न थालिएको छ ।

शुद्धता, सद्भाव र आस्थाको पर्वका रुपमा लिइने छठ प्रतिको बढ्दो जनविश्वासका कारण हिन्दु समूदायका अलावा अन्य समूदायको समेत छठ पूजामा सहभागिता जनाउने क्रम बढ्दो छ । छठ पर्वलाई लक्षित गरी सुनसरीमा शान्ति सुरक्षाको भरपर्दो बन्दोवस्ती मिलाइएको बताउने सुनसरी प्रहरीले निर्धक्क भएर पर्व मनाउन सर्वसाधारणमा सूचित गरेको छ । प्रहरीले यसपटक बाट सुनसरीको हकमा छठ मनाउने स्थान, घाटहरुमा हेल्प डेस्क स्थापना गरेको छ । घाट व्यवस्थापन समितिसँगको समन्वयमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले हेल्प डेस्क मार्फत जनचेतनामूलक सूचना प्रवाह गर्नुकासाथै आकस्मिक औषधोपचार लगायत परामर्श सेवा उपलब्ध गराउने छ ।

दशैं तिहारमा झैं छठमा समेत पटका पडकाउन प्रतिवन्ध गरेको प्रहरीले उच्छृङखल कार्य गर्ने व्यक्ति र समूह निगरानी तथा नियन्त्रणकालागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभएको छ । सुनसरी प्रहरीले जिल्लाको इटहरी, झुम्का, दुहवी, सुनसरी खोला, कुरुवा खोलाका साथै कोशी ब्यारेज सहितका १० वटा स्थानमा हुने छठ पूजामा भक्तजन सहित दर्शनार्थी र सर्वसाधारणको सम्भावित भिड र संख्यात्मक उपस्थितीलाई मध्यनजर गर्दै थप सुरक्षा बन्दोवस्ती मिलाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia