इनरुवा। सुनसरीको कोशी गाउँपालिका-७ कोर्यानी टोलमा चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गएराती २ बजेको समयमा सोही स्थान धर्मी महतोको र तेज नारायण यादवको घरको झ्याल फुटाई महतोको २ लाख मूल्य बराबरको सुनचाँदीको गर-गहना र यादवको १ लाख ५० हजार मूल्य बराबरको सुन चाँदीको गर-गहना र नगद ४० हजार चोरी भएको थियो ।
घटनाको जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट हरिपुरबाट प्रहरी टोली खटि गई चोरी गरी भाग्दै गरेको अवस्थामा सप्तरी बनौली घर भएका बर्ष २९ को श्रवण मल्लीकलाई पक्राउ गरेको छ भने २ जना फरार भएका छन् । चोरीमा संलग्न २ जना र चोरी भएको गर-गहनाहरु खोजिकार्य भईरहेको तथा पक्राउ परेका मल्लीकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।








