- प्रेम गिरी

दुहवी। सुनसरीका दुहवीका इँटा व्यवसायीकाे हत्यामा संलग्न भएकाे अाशंकामा प्रहरीले ७ जना व्यक्तिलाइ पक्राउ गरेकाे छ । दुहवी ९ काे जयबाबा इँटाबाट र बाहिरबाट हत्यामा संलग्न भएकाे अाशंकामा ति व्यक्ति पक्राउ गरेकाे दुहवी प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् । हत्या गरिएका फिदा साेहि इँटा उद्याेगका मेनेजर थिए । प्रहरी निरिक्षक माझीका अनुसार अनुसन्धान चरणमा रहेका व्यक्तिकाे नाम भने खुलाइएकाे छैन । अहिले दुहवी बजार बन्द छ ।

सुनसरीकाे दुहवीमा भएकाे गाेली काण्डबारे जिल्लाका उच्च तहका सुरक्षाअधिकारी, अाफन्त र राजनीतिक तहका व्यक्तिबिच वार्ता जारि छ । हत्या गरिएका व्यक्तिकाे घरमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता,सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, पूर्व मन्त्री रामकुमार सुब्बा, नेपाली काँग्रेसका सुनसरी सभापती तथा प्रदेश १ का संसदीय दलका नेता राजिव काेइराला, प्रदेश सांसद लिलम बस्नेत सहितका नेताहरू यति बेला दुहवीमा रहेकाे मृतककाे घरमा छन् ।

उनिहरूले हत्याबारे बुझ्ने प्रयास गरिरहेका छन् भने घटनामा संलग्नरहेकालाइ चाँडाे पत्ता लगाउने बताइ रहेका छन् । यता व्यवसायी तथा स्थानियले भने हत्यामा संलग्नलाइ चाँडाे पत्ता लगाउन माग गरिरहेका छन् । उनिहरूले प्रशासनले हेलचेक्राइ गरेकाे भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेकाे गुनासाे गरेका छन् । अाफन्तहरूले गृहमन्त्री नअाए सम्म लाश नउठाउने अड्ड कसिरहेका छन् । उनिहरूलाइ सम्झाउने काम जारी रहेकाे प्रदेश सांसद लिलम बस्नेतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia