- अमर काफ्ले

 

सुनसरीको दुहवी ९ छाताबेलीमा गोली हानी हत्या गरिएका फिदा हुसेनको परिवारले शवको अनत्यस्टी गर्न मानेको छैन्न । मृतकका आफन्त सहित स्थानीय मुस्लिम अगुवा र सुनसरी प्रशासनबिच भएको वार्तामा सहमति जुट्न नसक्दा मृतकको शव सडकमा राखेर प्रर्दशन थालिएको छ ।


मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएको र सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै पीडित पक्षले गृहमंत्री घटनास्थलमा आउनु पर्ने अडान राखेका छन् । हत्यारा पत्ता लगाई तत्काल कार्वाही हुनुपर्ने र सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन पर्ने माग सहित आन्दोलित बनेको समूहले हुसेनको शव दुहवी सडक खण्डमा राखेर नाराबारी थालेको छ ।

 

हत्याको विरोधमा स्थानीयले दुहवी बजार बन्द गराएका छन् । सोनापुर, दुहवी, भमरी, औराबनी लगायतका क्षेत्रमा टायर बालेर प्रर्दशन भैरहेको छ । इटहरी दुहवी क्षेत्रमा मोटरसाइकल र अत्यावश्यक सवारीका साधन बाहेक सञ्चालनमा आउन सकेका छैनन् । घटना पश्चात दुहवी सहितका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाबल तैनाथी गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia