इनरुवा । बुधबार बिहानै हत्या गरिएका दुहबी नगरपालिका ९ का फिदा हुसेनको हत्यारा पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा बिरोध प्रदर्शन भैरहेको छ ।

प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउदै सुनसरीको विभिन्न स्थानमा बिरोध प्रदर्शन जारी छ । सुनसरी दुहबी,सदरमुकाम इनरुवा,जमुवा नहर,भोक्राहा सहितको स्थानमा बिहिवार बिहानै देखि स्थानीयहरु राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् । हत्या गरिएका हुसेनलाई सहिद घोषणा,हत्यारा पक्राउ गरी कडा कार्वाही,पीडितलाई क्षतिपूर्ति, शान्ति सुरक्षाको प्रत्याभूति गराउन सहितको माग गर्दै जिल्लाका विभिन्न स्थानमा मुस्लिम समुदायले बिरोध प्रदर्सन गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia