- अमर काफ्ले

सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृह मन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् ।मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनिहरुको माग छ ।

शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समूहको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन मुस्लिम समूदाय सहित आन्दोलित पक्षले स्थानीय प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको छ । टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका छन् ।

आज मध्यान्ह सम्मपनि आफुहरुको माग सुनुवाई नभए आन्दोलनलाई शशक्त बनाउने मुस्लिम समूदायले चेतावनी दिएको छ । हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको छ । मुस्लिम समूदायको उपस्थिती रहेको क्षेत्रमा बिहानैबाट टायर बाली शान्ति सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी भैरहेको छ । दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका छन् भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द छन् । उता सुनसरी प्रहरीले भने हत्याराको खोजी भैरहेको बताएपनि मृतकको शव पोष्टमार्टम गर्ने वातावरण बन्न नसक्दा अनुसन्धानमा कठिनाई भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia