इनरुवा । सुनसरीको दुहबी छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आज दुहवीमा भएको दुबै पक्षबीचको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक पीडित पक्षका सवै माग सम्बोधन गरिने सहमति भएको हो ।

हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन । मृतकको शव पोष्टमार्टमका लागि पठाइदै छ । यस अघि हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका थिए ।

मुसलमान समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्री थापाले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरुको माग थियो । हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको थियो । दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प बनेका थिए भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्णरुपमा बन्द भएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia