- अमर काफ्ले

इनरुवा। शिक्षामा राजनीति गर्ने समूहले व्यक्तिगत स्वार्थ लाद्न गराएको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित बनेको भन्दै कोशी गाउँपालिकाका अध्यक्ष सहित कार्यपालिकाको टोलीले सुनसरी प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

कार्यालयमा तालाबन्दी पश्चात गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको घरमा बसेको कार्यपालिकाको आपतकालिन बैठकले तालाबन्दीको कार्यलाई अराजकताको संज्ञा दिंदै घटनामा संलग्न उपर कार्वाहीको माग गरेको छ ।

जनताको सेवा प्रभावित हुने गरी गरिएको तालाबन्दी गलत मानसिकताको पराकाष्ठा भएको ठहर गर्दै अध्यक्ष अन्सारीका साथै उपाध्यक्ष अनितादेवी यादव सहित प्रशासनमा पुगेको कार्यापालिकाको सिङगो टिमले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई भेटेर घटनामा संलग्न उपर कार्वाहीको माग गरेको हो ।

गाउँपालिकाको तर्फबाट प्रशासनमा बुझाइएको पत्रमा श्री राष्ट्रिय माविका राहत शिक्षक बिरेन्द्रकुमार यादव र स्थानीय प्रभु यादवलाई दोषी बनाई कानुनी कार्वाहीको माग गरिएको छ ।

स्थानीयको मागको समबन्धमा वार्तामा बसेर समाधान खोज्नुको साटो पूर्व सूचना बेगर गरिएको आन्दोलनको तुक नभएको भन्दै व्यक्तिगत रिसिवी साँध्न शिक्षामा राजनीति गर्न खोजिएको अध्यक्ष अन्सारीको भनाई छ । प्रजिअलाई भेटेर घटना बारे जानकारी गराएका गाउँपालिकाका पदाधिकारीहरुले ताला खोलेर शान्तिपूर्ण तवरले काम गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरेका छन् ।

उता आरोपित भनिएका बिरेन्द्रकुमार यादवले तालाबन्दीको कार्यमा आफु र आफ्नो विद्यालयको संलग्नता नभएको स्पष्ट पारेका छन् । तालाबन्दी समस्याको समाधान नहुने भन्दै वार्ता मार्फत असन्तुष्टिको विषयमा समाधान खोज्न आफुले गरेको प्रयास असफल हुँदा आक्रोसित विद्यार्थीले गाउँपालिकामा तालाबन्दी गरेको उनको भनाई छ ।

स्थानीय समाजसेवी गोर्वद्धन यादवले भने गाउँपालिकामा भष्टाचार मौलाएको र शिक्षामा समेत ठुलाबडाको हालीमुहाली बढेको अवस्थामा विद्यार्थीले गरेको आन्दोलन र तालाबन्दी जायज भएको बताएका छन् । आफुखुशी निर्णय लाद्ने प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको यादवको बुझाई छ ।

विद्यार्थीको आन्दोलनलाई स्वतस्फूर्त भनिएपनि गाउँपालिकाको कार्यालयले भने विद्यालय प्रशासनसँगको मिलेमतोमा बाहिरी पक्षबाट राजनीति गर्न खोजिएको जनाएको छ ।

श्री राष्ट्रिय माविका विद्यार्थीहरुले भने शैक्षिक गुणस्तर सुधार र शिक्षा क्षेत्रमा देखिएको वेथिति अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिएको बताएका छन् । शिक्षकको अनुपस्थितीमा पढाई प्रभावित हुनुकासाथै शिक्षामा राजनीति हावी भएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको उनिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia