राजविराज । सप्तरीको राजविराज–हनुमाननगर सडक खण्डमा शुक्रबार राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएको छ । सुनसरीको चतराबाट मेला भरी राजविराज तर्फ आउँदै गरेको को १ ख २७९९ नम्बरको बस आफै अनियन्त्रित भई पोखरिमा पल्टिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि अस्पताल पठाइएको थियो भने तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. ५ वस्ने बर्ष ७० की बेचनी देवी यादव, सोही ठाउँकी शकिला देवी साह, भुतही वस्ने दिनेश रजक, बउकीदेवी राजक र भुखनी देवी यादव रहेकी छिन् ।
यसैगरी घाइते भएकाहरु जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. १ वस्ने प्रनिता यादव, वडा नं. ४ वस्ने इन कुमारी देवी पण्डित, ठकनी देवी यादव, भोलबी देवी यादव, वडा नं. २ वस्ने बेचन यादव, अरुहुल देवी यादव, अन्जनी कुमारी यादव, राम उदगार यादव, रेवनी देवी यादव, गेनावती यादव र चाँदनी कुमारी यादवलाई थप उपचारको लागि विपी कोईराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
त्यसैगरी घाइतेहरुमध्ये डाक्नेश्वरी नगरपालिका वस्ने सकुनिया देवी पण्डित र चन्द्र कुमार यादवलाई विराटनगर स्थित न्यूरो अस्पताल पठाइएको छ भने डाक्नेश्वरी नगरपालिका वडा नंं ४ बस्ने अर्चना कुमारी यादवलाई नोबेल अस्ताल विराटनगर पठाइएको छ ।
यसैगरी सगरमाथा अञ्चाल अस्पताल राजबिराजमा जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. ४ वस्ने वर्ष ७९ को मुसहरु यादव, ५० वर्षीया सुरजि देवि यादव, ४५ बर्षीया रामशिला देवि यादव १० वर्षीय प्रिंयका यादव ७० वर्षीया बिषनु देवि यादव ६० वर्षीया रामसुनैर देवि यादव, ५५ बर्षीया कैली देवि यादव, ५५ वर्ष कि देवकी देवि पण्डित, ५५ वर्ष कि मुरती देवि यादव, ४५ बर्षीया अनारी देवी पण्डित, ३५ वर्षीया सरस्वती देवि मण्डल, ५० वर्षीया कपुर रजक, वडा नं. ५ वस्ने बर्ष ३५ की देव सुनैर यादव, ८० वर्षीय चन्देश्वर यादव, ४० बर्षीया समुन्द्रा देवी पण्डित, ४० बर्षीया तारा देवी, ६० वर्षीया अनुरागी यादव, ६० वर्षीया सिता देवी यादव, ६० वर्षीया अन्जला देवी यादव, धिरज कुमार यादव, राजकुमार यादव, अमेरिका देवी यादव, अनुहुत देवी यादव, भुवनेश्वर यादव, प्रमेश्वर पण्डित, चुतर देवी पण्डित, मुसहरु रजक, आचलन देवी यादव, ओम प्रकाश यादव, किसुनदेव ठाकुर, लक्ष्मिनियाँ देवी ठाकुर, फकनी देवी यादव, सुमिन्द्रा देवी यादव, र जहारी देवी यादवको उपचार भईरहेको छ र घटनास्थल पुगी घटनाको अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।









