लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज विहान इनरुवामा हस्तारक्षर संकलन सहित सचेतनामूलक प्रभातफेरीको आयोजना गरेको छ । इनरुवा नगरपालिका गेटमा टांगिएको म महिला हिंसा गर्दिन भन्ने नामको ब्यानरमा हस्ताक्षर पश्चात प्रभातफेरी गरिएको थियो ।  नगर प्रमुख राजन मेहताबाट सुरुवात गरिएको हस्ताक्षर अभियानमा उपमेयर जमुना गौतम पोखरेल लगायत अधिकारकर्मीका साथै सहभागिहरुले प्रतिवद्धता जनाएका थिए ।


हिंसा विरुद्धका प्ले कार्ड सहितको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गर्नुकासाथै कोणसभा गरेको थियो । सभामा दिवसको सार्थकता र अपरिहार्यताका विषयमा वक्ताहरुले धारणा राखेका थिए । ¥याली सहित अभियानको कार्यक्रमका दौरान सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia