इनरुवा । प्रदेश नम्बर २ को धनुषा जिल्लामा सम्पन्न प्रथम मेयर कप फुटबल प्रतियोगितामा इनरुवा दोस्रो भएको छ । कर्जाईन नगरपालिका र बन्दीपुर स्पोर्ट्स युथको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पराजित हुँदै इनरुवा स्पोर्ट्स क्लब दोस्रो भएको इनरुवाका सुनोज निरौलाले जानकारी गराएका छन् ।
निरौलाका अनुसार बुधबार दिउँसो भएको फाइनल खेलमा इनरुवालाई बारा फुटबल एकेडेमी बाराले २ का विरुद्ध ३ गोलले हराउँदै विजेता बनेको हो । भूपू कानुन तथा न्याय मन्त्री अजय शंकर नायकको प्रमुख आतिथ्यमा भएको फाइनल खेल हेर्न बिशिस्ट अतिथिका रूपमा इनरुवा नगर प्रमुख राजन मेहता,कर्जाईन नगरपालिकाका मेयर गंगा पासाङ सहितको उपस्थिति रहेको थियो । एक गोल आत्मघाती उपहार पाएको इनरुवाका लागि दिनेश राईले एक गोल फर्काएका थिए । उपाधि संगै बाराले १ लाख १ हजार १ सय ११ रुपैयाँ जिते भने उपविजेतामा सिमित इनरुवाले भने ५१ हजारमा चित्त बुझाए ।










