इनरुवा । सुनसरीको कोशी गाउँपालीका स्थित लौकहीबाट सशस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । भारतीय बजारबाट अवैध रूपमा ल्याउदै गरेको विभिन्न समान सशस्त्र प्रहरी बल लौकहीबाट सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको टोलिले बरामद गरेको जनाएको छ ।

बिओपी सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार भारतबाट भन्सार छली ल्याएको डेढ लाख बराबरको कपडा र जुत्ता चप्पल सहित को १८ प ५६२४ मोटरसाइकल बरामद गरी सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ । गुरुङका अनुसार साउन महिना देखि अहिलेसम्म करिब २० लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरी भन्सार बुझाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia