आर्थिक अनियमितता गरेको भन्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहता विरुद्ध आन्दोलन छेडको जागरुक नागरिक दबाब समूह इनरुवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । नगर बिकासका नाममा रकम हिनामिना गरी ब्रम्हलुट मच्चाएको जस्ता आरोप लगाउँदै समूहले अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दर्ता गराएको हो ।

दबाब समूहका सहसंयोजक दिनेश लम्साल नेतृत्वमा अख्तियार पुगेको टोलीले मेयर मेहता विरुद्ध विभिन्न शिर्षकमा भष्ट्राचार र अनियमितता भएको दाबी सहित छानविनको माग गरेको छ । दबाब समूहले नगरपालिकाले सूचना टेण्डर आह्वान नगरी खरिद ऐन र नियमावली विपरीत मेयरको आदेशको भरमा विभिन्न आर्थिक काम गर्दै आएको लगायतका एक दर्जन बढी विषयमा अनुसन्धान गरी पाउँ भन्दै उजुरी दर्ता गराएको जनाएको छ ।

उजुरीमा समूहले अविलम्ब छानविनको माग गर्दै यसअघि परेका उजुरीका सम्वन्धमा समेत यथाशिर्घ कार्वाहीको प्रकृया अघि बढाउन माग गरेको छ । सूचना माग गर्दा उपलब्ध नगराइएकाले समेत अनियमितताको आशंका बढेको दाबी गर्ने दबाब समूहले समृद्ध नगरको परिकल्पनालाई साकार तुल्याउन भष्ट्राचारी प्रवृतिको अन्त्य गरिनु जरुरी रहेको ठहर गरेको छ ।

उता अनियमितताको आरोप सहित परेको उजुरीकोे विषयमा प्रतिकृया लिने क्रममा इनरुवा नगरपालिका प्रमुख मेहताले आफु विरुद्ध सुनियोजित तत्व हावी हुन खोजेको बताएका छन् । व्यक्तिगत इगो साँध्न आफु र सिङ्गो नगरको बदनाम गर्र्ने समूह राजनीतिमा लागेको बताउने मेहताले आफुलाई बदनाम गर्ने विपक्षीको योजना नगरबासीलेनै विफल बनाइदिने विश्वास समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia