
इनरुवा/निर्मला पन्तकोे बलात्कारपछि हत्याको घटनामा संलग्न दोषी पहिचान गरी कार्वाहीको माग गर्दै सुनसरीको इनरुवामा समेत तरुण दलले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवामा भेला भएका तरुण दल सुनसरी आवद्ध युवाहरुले बजार क्षेत्रमा सरकार बिरोधी नाराबाजी गरेका थिए । तरुण दलले सरकारको आलोचना सहितको ज्ञापन पत्र सुनसरी प्रशासनमा बुझाएको छ । ज्ञापन पत्र मार्फत तरुण दल सुनसरीले हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।









