- दिलिप कुमार साह


राजविराज । मलाई गणना गर, समाबेश गर भन्ने मुल नारा साथ विभिन्न कार्यक्रम गरी २७ औ अन्तर्राष्ट्रिय अपांग दिवस राजविराजमा मनाएको छ । राजबिराजमा सगरमाथा अपांग कल्याण संघ मुल समिति सप्तरीले बिचार गोष्ठी तथा प्रदेश नम्वर २ जनकपुरद्वारा अपांगता सम्बन्धी सकारात्मक दृष्टीकोण बिषयक सचेतना कार्यक्रम गरी मनाएको छ ।

सो अवसरमा सामाजिक बिकास मंत्री नवलकिसोर साहले अपांगताहरूको लागि आफु सक्दो सहयोग गर्ने प्रतिबधता जनाएको छ । उहाले भन्नुभयो– अपांगता भएका ब्यक्तीहरूको क्षमता अभिबृद्विको लागि ठोस कार्यक्रम ल्याउने र परिवारलाई पालन पोषण गर्ने योजना रहेको छ ।
समाजमा अपांगताहरूलाई बराबरीको अधिकार पाउनुपर्ने भन्दै उनीहरूलाई क्षमतामा बृद्वि गराई रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिएका छन ।


राजपा नेपालका बरिष्ठ उपाध्यक्ष समेत रहेका साहले स्थानिय सरकार बलियो हुने भएकोले आर्थिक लोभ नराखी समाज बिकासको गति लाई अगाडि बढाउनु पर्नेमा बताए । उनले भने प्रदेश नम्वर २ मुलुककै सुन्दर प्रदेश रहेको बताउदै भष्टाचार को कारण समाज पछाडी परेकोले भष्टाचार बिरूद्वको अभियानमा सबै साथ दिए सुन्दर प्रदेश हुने बिश्वास दिलाए ।

सो कार्यक्रममा मंत्री साहले १ सय जना भिन्न क्षमता भएकालाई कमल बितरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अपांगताहरूको क्षमता अभिबृद्वि सँगै उनीहरू को सेवासुबिधाको परिचय पत्र अब स्थानिय निकायवाट नै चाडै पाउने बताए । यसैगरी कार्यक्रमका अध्यक्षता गरिरहेको सगरमाथा अपांग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेब मण्डलले भने मुलुुकमा आमुल परिवर्तन भएपनि अपांगहरूको अधिकारको सवालमा बेरिएर जस्तो भएको आरोप लगाए।

उनले भने जनआन्दोलन देखि मधेश आन्दोलन सम्म हामीले बैसाखी, हविलचेयर वाटै दरवार मार्ग सम्म साथ दियो तर राजनितिक रूपमा हाम्रो प्रतिनिधित्व कतै भएन, स्थानिय सरकारमा हाम्रो कतै उपस्थिति छैन, राजनितिक रूपमा हामीलाई बेरिएर नै लगाएको जस्तो छ । सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, बौधिक अपांग सँघका अध्यक्ष जगदिश अर्याल, राजपा का केन्द्रीय सदस्यद्वयहरू बिशेश्वर रजक, दिपेन्द्र चौधरी, पुनम यादब, नागरिक समाजका थानसिँह भंसाली, शिक्षक महासँघका अध्यक्ष फुलेश्वर मण्डल, रेडक्रस सोसाईटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, सगरमाथा अपांग कल्याण संघका सतिशचन्द्र झा, कोषाध्यक्ष रामचन्द्र यादब, लगायतले अपांगको मनोवल उच्च बनाई उनीहरूलाई मर्या्दित बनाई सीप तर्फ आक्रशीत गर्नुपर्नेमा जोड दिएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia