इनरुवा। सुनसरीको कोशी गाउँपालीकाबाट प्रहरीले अपहरण मुद्दामा फरार एक ब्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरीले २०६८ साल वैशाख १ गते अपहरण मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवाना भई फरार भएका सप्तरी साविक घोघनपुर ४ हाल कंचनपुर नगरपालिका ६ बस्ने मोहम्मद फरजन मियाको छोरा मोहम्मद मियालाई प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको छ । जिल्ला अदालत सप्तरीको फैसलापछि फरार भएका मिया मंगलवार बिहानको समय कोशी गाउँपालीका ४ बाट प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार नेतृत्वको टोलिले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia