भुटाहा। लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज विहान दिव्यजोति युवा महिला तथा किशोरी संस्थाले सचेतनामूलक प्रभातफेरीको आयोजना गरेको छ ।
हरिनगर गाउँपालिकाको अगाडि बाट सुरु भएको प्रभातफेरी र्याली हरिनगर गाउँपालिका वडा नम्बर १, २,४ परिक्रमा गरेको थियोे । कार्यक्रम मा प्रमुख अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत ,अतिथिहरुमा हरिनगर मेल मिलाप केन्द्रका संयोजक अलाउद्दिन अन्सारी ,एलायन्स नेपाल अध्यक्ष नइम अन्सारी ,ईलाका प्रहरी कार्यालय हरिनगरा प्रमुख भिम कुमार श्रेष्ठ ,शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहा का सय कृष्ण मगर लगायत को सहभागीता रहेको दिव्यजोति संस्था अध्यक्ष निरमा कुमारी मेहताले बताए ।
हिंसा विरुद्धका प्ले कार्ड ,नारा महिला हिंसा अन्त्य गरो , महिला हिंसा विरुद्ध एक जुट हुनु ,सहितको र्यालीले गाउँपालिकाको विभिन्न भागको परिक्रमा गर्नुकासाथै हरिनगर गाउँपालिका अगाडि कोणसभा गरेको थियो । सभामा महिला हिंसा सम्बन्धि र अपरिहार्यताका विषयमा वक्ताहरुले धारणा राखेका थिए । र्याली सहित अभियानको कार्यक्रमका दौरान सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो रहेको थियो ।