- अमर काफ्ले

इनरुवा। अब्यवस्थित र साँघुरो बजारका रुपमा हेरिने सुनसरी सदरमुकाम इनरुवा आशातित बिकासमा फड्को मार्न नसकेको नगरका रुपमा हेरिन्छ । नगरभित्रका आरोप र प्रत्यारोपको अवस्थालाई थाँती राख्ने हो भने पछिल्लो समय निर्माण सम्पन्न इनरुवाको नयाँ बसपार्क नगरवासीकालागि गौरवको विषय बन्नेमा दुईमत नहुन सक्छ ।

७ करोडको लागतमा १ बिगाह क्षेत्रफलमा फैलिएको बस पार्कको निर्माण चरणका सबैजसो प्रकृया पुरा भैसकेका छन् । सामान्य छिटपुट बाहेकका सबैजसो काम सकेको निर्माण कम्पनि कालिका कन्ट्रक्सन बस पार्क औपचारिक रुपमा नगरपालिकाको कार्यालयलाई हस्तान्तरणको तयारीमा जुटेको छ ।

व्यवस्थित बस पार्क अभावमा इनरुवामा सवारीका साधन सडकमा पार्किङ गरिनुकासाथै यात्रु बसहरुले पूर्व पश्चिम राजमार्गमै यात्रु चढाउने र उतार्ने गर्दै आएका छन् ।

इनरुवाको हालको बसपार्क भन्दा अलि भित्र इनरुवा वडा नम्बर ४ मा बनाइएको नयाँ बसपार्क फराकिलो र अत्याधुनिक छ । अपाङ्ग मैत्री भवनमा सुरक्षाका हिसाबले सिसी क्यामेरा, होटल, पार्किङ, सवारी साधन मर्मत सेन्टर सहित प्रतिक्षालयका साथै पर्याप्त बिद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ । बसपार्क एरियालाई फ्रि वाइफाइ जोन बनाउने तयारी समेत थालिएको छ ।

बस पार्क पूर्ण रुपमा तयारी भैसकेपनि नगरपालिकाको कार्यालयले भने स्थानीय सरोकारवाला सहित बस व्यवसायी लगायतसँगको छलफल पश्चात मात्र सञ्चालन जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग भएर चल्ने साना तथा ठुला सवारीकालागि अनिवार्य प्रवेश, ट्राफिक सहितको भरपर्दो सुरक्षा बन्दोवस्ती, होटल तथा व्यवसाय सञ्चालन जस्ता विषयको बन्दोवस्ती पछि मात्रै बसपार्क सञ्चालन गरिने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिएका छन् ।

बसपार्क मात्रै नभएर इनरुवा बजार क्षेत्रको खण्ड बाहेक नगरका धेरैजसो सडक कालोपत्रे भएका छन् । क्रमशः पूर्वाधार बिकासको कार्य अघि बढिरहँदा इनरुवा नगर बाहिरी रुपमा चिकिक्ट देखिन थालेको छ । यद्यपी नगरभित्रको आन्तरिक किचलो भने यथावत छ । मापदण्ड मूल्यांकन लगायत नगर भित्रका भित्री पाटा र समस्यालाई सम्बोधन गरेर अघि बढ्ने हो भने इनरुवा नगरपालिका जिल्लाकै नमूना नगर बन्ने स्थानीयको विश्वास छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia