लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहँदा स्थानीय तहमा जनचेतनामूलक विविध कार्यक्रम भैरहेका छन् ।
सुनसरीमा समेत स्थानीय तहसँगको सहकार्यमा अधिकारकर्मीहरुले विद्यालय, चोक, सार्वजनिक स्थान सहित लक्षित समूदायमाझ हिंसा विरुद्धको अभियान जारी राखेका छन् ।
सदरमुकाम इनरुवामा १६ दिने अभियानकैै क्रममा आज सरोकारवालाको उपस्थितीकाविच अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यमान चुनौति र समाधानका उपाय पहिल्याउने उद्देश्यसाथ एम नेपाल सुनसरीले नागरिक सचेतनाकालागि लैङ्गिक हिंसा बिरुद्ध जवाफदेहिता विषयक कार्यक्रम गरेको हो ।


महिला शक्ति संजाल सुनसरीको सहकार्य र इनरुवा नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा महिला विरुद्ध हुने हिंसाका घटनाको विद्यमान अवस्था, कानुनी प्रावधान सहित न्यायिक प्रकृया, व्यवधान तथ चुनौति, न्यायमा पहुँच र जवाफदेहिताको विषयमा बहस चलाइएको थियो ।
कार्यक्रममा हिंसा विरुद्ध जागरुकता जगाउँदै सचेतनाको पाटो मजबुत तुल्याउन सरोकारवालाहरुबिच सहकार्य र आपसी समन्वयको खाँचोमा जोड दिइएको थियो ।
अन्तरकृयात्मक तवरमा संचालनमा ल्याइएको अन्तरसंवाद कार्यक्रमका सहभागिहरुले उपस्थित अतिथि सहितका अगुवाहरुलाई लैंगिक हिंसा सम्वन्धित विविध जिज्ञासा राखेका थिए ।


कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल, प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाल, नागरिक अगुवा पुरुषोतम घिमिरे, कानुन व्यवसायी कृष्ण दाहाल, संचारकर्मी राजेन्द्र पोखरेल, अधिकारकर्मी रमेश भट्टराईले सहभागीहरुले उठाएका जिज्ञासाको समाधान सहितको जवाफ दिएका थिए ।
कार्यक्रममा दुलिचन्द चौधरी, सरिता घिमिरे, तोया गिरि, टिका सिवाकोटी, सविना सिग्देल, अनिता चौधरी, अनुसा दाहाल, श्यामदेव मेहता, सालिमा मेहता लगायतकाले महिला हिंसाको विद्यमान अवस्था र चुनौतिका बारेमा धारण राखेका थिए ।

स्थानीय तहमा खुला रुपमा आमसर्वसाधारणको पहुँचलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रम नगरभित्र हुने हिंसा अनत्यको अभियानमा सार्थक बन्ने कार्यक्रम संयोजक तथा एम नेपालकी अध्यक्ष चुन्नी खातुनको विश्वास छ । उक्त कार्यक्रमलाई खातुन र शिवनारायण यादवले संयुक्त रुपमा संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia