- अमर काफ्ले

इनरुवा । इनरुवा नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साह उपर कार्यालयमै हातपात भएको छ ।  स्थानीय राजिब मेहताले इन्जिनियर साहमाथि दुरव्यवहार गर्दै हातपात गरेका हुन् ।  घर नक्सा पास सम्वन्धि फाइलको विषयलाई लिएर रुष्ट बनेका मेहताले काम नगरिदिएको भन्दै इन्जिनियरमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तोकिएको मापदण्ड विपरित गएर इजाजत दिन नसकिने बताउँदा आफुमाथि हातपात भएको साहले बताए । कर्मचारीमाथि कार्यालय हातामै हातपात भएपछि नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । कर्मचारीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् । यसैबिच इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोषी उपर कानुनी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आन्दोलित कर्मचारीहरुले भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना नभएसम्म काममा नफर्किने बताएका छन् । कर्मचारीहरुले सेवा ठप्प पारेपछि कामकाजकालागि नगरपालिका पुगेका सर्वसाधारण भने मार्कामा परेका छन् । हातपात गर्ने मेहतालाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ । कर्मचारी उपर हातपात हुनु निन्दनिय भएको बताएका नगर प्रमुख राजन मेहताले कर्मचारीलाई काममा फर्काउने वातावरण तय गर्न लागिपरेको बताएकाछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia