मोरङ । अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चा (विवेक समूह) ले प्रहरीसंगको दोहोरो भिडन्तमा गत सोमबार राति सुनसरीको कोशी गाउँपालिकामा मारिएको भनिएका व्यक्ति आफ्ना नेता भएको दावी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्धारा गठित राजनीतिक वार्ता टोलीसमक्ष बिहीबार हतियार बुझाएर सार्वजनिक हुने क्रममा त्यतिबेला मारिएका व्यक्ति सप्तरीको गोबरगाढा ९ घर भई आफ्नो पार्टीका केन्द्रीय सदस्य नसरुल मियाँ भएको समूहले जनाएको छ ।

समूहका केन्द्रीय अध्यक्ष विनोद कुमार भनिने विवेक यादवले मियाँलाई सप्तरीमै मारेर ल्याएर सुनसरीमा दोहोरो भिडन्तमा मारिएको भनेर शव देखाउने काम भएको दावी गरे । सरकारसंग वार्ता गरेर शान्ति प्रक्रियामा आउने तयारी गर्दै गर्दा आफ्ना केन्द्रीय नेता मारिनु अपराधिक घटना भएको उनको भनाइ छ । उनले प्रहरीले भारतीय डाँका समूहका सदस्य र दोहोरो भिडन्तमा परेर मृत्यु भएको भन्दै झुटो प्रचार गरेको आरोप लगाए । प्रहरीले भने भिडन्तमा भारतीय डाँका समूहका सदस्यको मृत्यु भएको दावी गर्दै आएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने प्रहरीलाई गोली हानेपछि जवाफी फायरिङमा मारिएका व्यक्तिको पहिचान खुल्न नसकेको बताए । ‘हतियार बोकेर आएका व्यक्तिले प्रहरीलाई गोली हाने,’ उनले भने, ‘त्यसपछिको त्यहीं भएको दोहोरो भिडन्तमा उनी मारिएका हुन् ।’

अधिकारीले मारिएका व्यक्ति विवेक समूहका केन्द्रीय नेता हुन् भनेर विश्वास गर्न सक्ने आधार केही पनि नभएको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले दोहोरो भिडन्तमा मारिएका व्यक्ति भारतीय नागरिक र नेपाली भूमिका डकैती गर्नकै लागि आएको समूहका सदस्य भएको बताए । उनले सप्तरीमा नभइकन कोशी गाउँपालिकामै उनी मारिएको बताए । प्रजिअ उप्रेतीले बिहिबार एक जना आमाछोराले मान्छे हराएको भन्दै खोज्न आएकोले शव पहिचानको लागी पठाएको जानकारी दिए ।पुर्वेलीबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia