https://www.facebook.com/112654112466256/photos/pcb.750215688710092/750215158710145/?type=3&theater
समुदाय प्रहरीपालिका समिति इनरुवाले अस्पताल परिषर सफाई गरेको छ । नगर प्रमुख राजन मेहताको संयोजकत्वमा गठिन समितिले इनरुवा अस्पताल परिषर सरसफाईका साथै वृक्षारोपण गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रती, जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारी, नगरपालिका उपप्रमुख जमुना गौतम र प्रहरी प्रमुख राजन अधिकारी सहितको सरोकारवालाको उपस्थितीकाबीच सफाई तथा वृक्षारोपण गरिएको हो ।
https://www.facebook.com/112654112466256/photos/pcb.750215688710092/750215155376812/?type=3&theater
सुरक्षाकर्मी, अधिकारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा समुदाय प्रहरी वाटिका निर्माणमा ऐक्यवद्धता समेत जनाइएको थियो । अस्पताल हातामा निर्माण गरिने वाटिका क्षेत्रमा नगरपालिका र इनरुवा जेसिसले उपलब्ध गराएका विभिन्न प्रजातिका विरुवा रोपिएका छन् । समुदाय र प्रहरीबीच पुलको काम गर्ने उद्येश्यसाथ केन्द्रीय नीति अनुरुप स्थानीय तहमा गठित समितिले आफु पायकका क्षेत्रमा रहेका सरकारी तथा सामूदायिक अस्पतालहरुमा सरसफाई गर्नुपर्ने हुन्छ । सोही अनुरुप इनरुवा नगरमा गठित समितिका पदाधिकारी सहितको उपस्थितीमा अस्पतालमा सफाई सहितको कार्य गरिएको हो ।
https://www.facebook.com/112654112466256/photos/pcb.750215688710092/750215165376811/?type=3&theater
अस्पताल व्यवस्थापन समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वडा नम्वर ५ ले अस्पताल प्रयोजनकालागि ५ थान डसबिन उपलब्ध गराएको थियो । अस्पताल हातामा सरोकारवालाको उपस्थितीमा कार्यक्रम भैरहँदा स्थानीयले भने दिवस र विशेष अवसरमा मात्रै गरिने कार्यक्रमलाई दैनिक व्यवहारमा उतार्ने गरी कार्यान्वयमा ल्याउनुपर्ने सुझाव दिएका थिए ।








