भाण्टावारी । सुनसरीको भाण्टावारीमा सम्पन्न प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले जितेको छ । शुक्रबार भएको फाइनलमा भाण्टावारीलाई ३ विकेटले हराउँदै बिराटनगरले उपाधी जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भाण्टावारीले निर्धारित २० ओभरमा मात्र ८८ रनको बनाएको थियोे । ८९ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बिराटनगरले १७ ओभरमा ७ विकेटको क्षति लक्ष्य पुरा गर्दै उपाधीसंगै ३१ हजार सहित सिल्ड जित्यो । उपविजेता भाण्टावारीले २० हजार सहित सिल्ड हात पार्यो ।
विजेता टिमलाई कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले पुरस्कार वितरण गरेका थिए भने उपविजेता टिमलाई स्थानीय शमशाद आलमले पुरस्कार वितरण गरेको आयोजकले जनाएको छ । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भाण्टावारीले मंसिर २० गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान भाण्टावारीका अन्कित देव र उत्कृष्ट बौलर सहबाज आलम घोषित भयो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भाण्टावारीकै मिस्टर आलम भए ।
प्रतियोगिता समापन कार्यक्रममा स्थानीय तजमुल मन्सुरी,वाजुल मिया,प्रअ मोहित नारायण मण्डल,सिमा प्रहरी चौका भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल सोनार साह, सनिचर यादव,दिपक सिंह,सत्रुघन चौधरी,मन्जुर आलम, मुकतार आलम,नुर आलम सहितको उपस्तिथि रहेको थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष सजाद आलमको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम पत्रकार मिकाइल आलमले संचालन गरेका थिए ।








