- अमर काफ्ले

 

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794655318862/?type=3&theater

सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् ।
नगरपालिकाको ध्यानाकर्षण सहित सांकेतिक विरोध स्वरुप उनिहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने मूल सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेरस्याएर आवतजावत रोकेका स्थानीयहरुले मालपोत सडक खण्डमा फोहोर थुपारेका थिए । फोहोर थुप्रिदा समेत नगरपालिकाले नउठाएको विषयमा समेत उनिहरुको आपत्ति रहेको थियो ।

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794688652192/?type=3&theater

अवरोधका कारण सो खण्डमा केहि घण्टा यातायातका साधन सञ्चालनमा आउन सकेनन् । सडकको अवरोध प्रहरीले हटाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् । सखुवागाछी देखि बबियासम्म ठेक्का लागेको सडक सम्झौता अनुरुप नबनेको र आफुहरुको खण्डमा सडक लथालिङग अवस्थामा रहेको भन्दै वडा नम्बर ३ बासी आन्दोलित बनेका हुन् । नगरपालिकाको कार्यालयले सम्झौता अनुरुपको निर्माण कार्य जारी रहेको र बजारहँुदै सखुवागाछी सम्मको सडक बेलैमा सक्ने बताउँदै आएपनि काम नभएसम्म विस्वास गर्न नसकिने भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । उता नगर प्रमुख राजन मेहताले काम जारी रहेको अवस्थामा बन्दैन भन्दै आफुखुसी अडान राखी विरोध जनाउनुको औचित्य नहुने प्रतिकृया दिँदै सहज रुपमा काम गर्ने वातावरण सुजना गर्न नगरवासीमा आग्रह गरेका छन्

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794691985525/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794821985512/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794838652177/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794845318843/?type=3&theater

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia