सुनसरी । नेपाल इन्जिनियर्स एसोसियेसन प्रदेश न. १ को कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा हिजो सम्पन्न निर्वाचनको मत परिणाम अनुसार सह सचिव बाहेक पुरै कार्य समिति लोकतान्त्रिक समुहको कब्जामा गएको छ । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम शाह, उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, सह सचिवमा हसरत अलि नेपाल, कोषाध्यक्षमा जयनाथ यादव र सदस्यहरुः अरुण यादव, ज्ञानेन्द्र सिंह, नितिन भगत, उमेश्वर मेहता, सुमन थापा, बासु ढकाल, रमेश माझी, प्रेम सागर बजगाई, विष्णु दाहाल र केन्द्रिय सदस्यमा डेगराज पौडेल निर्वाचित भएका छन ।
विभिन्न २ समुहको कडा प्रतिस्पर्धा बिच सम्पन्न निर्वाचन बाट प्राप्त परिणाम लोकतान्त्रिक समुहको पक्षमा आएपछि यस ठुलो उपलिब्धको रुपमा हेरिएको नेपाली काग्रेस सुनसरीका सभापती एवंम प्रदेश न.१ को प्रमुख प्रतिपक्षि दलका नेता राजिव कोइरालाले बताउदै नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ सफल कार्यकालको शुभकामना समेत दिएका छन ।









