- बिरेन्द्र शाह

इनरुवा । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन समित अन्तर्गत रामधुनी नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हो ।

स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारीहरुले बताए।रामधुनी नगरपालिकाका कर्मचारीहरुले मंसिर १८ गते देखि पौष महिनाको १० गते सम्म चरणबद्ध आनदोलनका कार्यक्रमहरु घोषणा गरेका छन्। आज पौष २ गते सांकेतिक बिरोध स्वरूप देश भरिका स्थानीय तहमा कामकाज बन्द गरि कार्यालय परिसर मै धर्ना बस्ने कार्यक्रम रहेकोमा रामधुनी नगरपालिकामा पनि कार्यालय बन्द गरि कर्मचारीहरु धर्नामा बसेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia