भाण्टावारी । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीबाट तस्करीको अवैध कपडा बरामद गरेको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी नेतृत्वको टोलिले लुकाई छिपाइ ल्याएको १ लाख बराबरको कपडा बरामद गरेको हो ।

सिमा क्षेत्रमा चोरी तस्कर घटना हुन नदिन तथा शान्ति सुरक्षा मजबुत बनाउन खासगरी सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएको जनाएको छ । सोही क्रममा मंगलवार दिउँसो भन्सार छलेर ल्याएको अवैध कपड बरामद गरी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको बिओपी भाण्टावारीका इन्चार्ज सुरेन्द्र भण्डारीले बताए । यात्रुबाहक बसमा काठमाडौं तर्फ लैजादै गरेको कपडाको जम्मा १ लाख मुल्यांकन गरेर थप कार्वाहीको लागि भन्सार बुझाएको उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia