सुनसरीमा किसान लक्षित स्वरोजगारमूलक सीप परियोजनाले निरन्तरता पाउने भएको छ । विपन्न र सीमान्तकृत समुदायलाइए लक्षित गरी उत्पादन तथा बजारीकरणको पाटामो किसानकालागि सहयोगी बन्दै आएको परियोजनालाई २०१९ मा समेत निरन्तरता दिन लागिएको हो ।
वल्र्ड भिजनको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र देवानगञ्ज सुनसरीले हाल संचालनमा रहेका भेगमा कार्यक्रमलाई निरन्तरता दिने भएको हो । सीप परियोजना सुनसरीको हकमा इनरुवा नगरपालिकासहित रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका र गढी गाउँपालिकामा संचालनमा छ ।
कार्यक्रमका बारेमा आरएसडीसी सुनसरीले इनरुवामा जिल्ला स्तरीय परियोजना समिक्षा गोष्ठीको आयोजना गरी वर्ष २०१८ मा संचालित परियोजना र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएको हो । सुनसरीका उत्पादकहरुको आर्थिक सशक्तिकरण परियोजना अन्र्तगत आरएसडीसीले किसानका हकमा सुनसरीमा रेका ५४ वटा समूहलाई आर्थिक सहित परामर्श र आवश्यक सीपज्ञान र क्षमता अभिवृद्धि तालिम उपलब्ध गराउँदै आएको परियोजना संयोजक सन्तोष चौधरीले बताए ।
संस्थाले गुणस्तरीय उत्पादन, बजारीकरण तथा ब्यापारीसँग समन्वय स्थापित गराउने सम्मको काम गर्दै स्थानीय स्तरमै स्वरोजगार सृजना गराउने भएकाले समेत जनस्तरबाट परियोजना निरन्तरताको माग भएको चौधरीले बताए । चौधरीले क्रमश परियोजनालाई अन्यत्र समेत विस्तार गरिने बताए । सीप परियोजनाले सुनसरीका ५४ वटा किसान समूहमा केन्द्रीत रही कार्यक्रम संचालन गर्दै आएको छ । समूहमा १३ सय १ जना किसान आवद्ध रहेको अनुगमन तथा मूल्याङकन अधिकृत अमित साहले जानकारी दिए । चौधरीका अनुसार किसानको क्षमता अभिवृद्धि सहित समयानुकल बनाउन बजार साक्षरता कक्षा समेत सञ्चालन गरिरहेको छ ।










