पूर्वमा करिब एक दशकयता सशस्त्र आन्दोलनरत खम्बुवान मुक्ति मोर्चा (संयुक्त)ले सरकारी वार्ता टोली समक्ष हतियार बुझाएको छ ।
मोर्चा संयोजक डेबिड खुम्बु सहितको टोलीले सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डे समक्ष हतियार बुझाएको हो ।
समूहले बुझाएको हतियारमा ५ थान भरुवा बन्दुक सहित एउटा पेस्तोल , म्यागजिन र ४ थान गोली रहेको छ ।
मोर्चा र सरकारी वार्ता टोलीबिच सुनसरीमा भएको वार्ता सकारात्मक भएपछि मोर्चाले निःशस्त्र भएको घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्रकार सम्मेलनकाबीच मोर्चाले सरकारी वार्ता टोेली समक्ष हतियार जिम्मा लगाएको हो ।

यसैगरी गत २७ गते मोरङ प्रशासनमा वार्ता टोलीसँगको सहमति पश्चात शान्तिपूण राजनितिमा फर्किएको तराई मुक्ति मोर्चाले आफुसँग बाँकी रहेको एक थान पेस्तोल समेत सुनसरी प्रशासनमा पुगेर सरकारी टोलीको जिम्मा लगाएको छ ।









