इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ र बराह क्षेत्र नगरपालिका १० प्रकाशपुरमा एकै साथ एनआई सी एशिया बैंकको शाखा कार्यालय आइबारबाट सञ्चालनमा आएको छ ।

आइतबार एक कार्यक्रमका बीच सदरमुकाम इनरुवा र बराहक्षेत्रमा एनआई सी एशिया बैंक शाखा कार्यालय सञ्चालनमा आएको बैंकका इनरुवा शाखा प्रमुख देवसरण मेहताले जानकारी दिनुभयो । इनरुवामा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराह क्षेत्रमा बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालले शाखा कार्यालयको उदघाटन गरेको बैंकका इनरुवा शाखा प्रमुख मेहताले बताउनुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलक भरी २७ वाटा शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलककै सबै भन्दा ठुलो बैंककको रुपमा यो बैंक रहेको बैंकका सूचना अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताउनुभयो । वासलातको आकार रू. २ अर्ब भन्दा बढि पुगेको र कुल निक्षेप करिब रू. ६८ अर्ब तथा कर्जा रू. ५५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको समेत उहाँले बताउनुभयो । हाल सम्मयस बैंकमा ४लाख ग्राहक संख्या रहेको समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia