इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. २ लवटोलियाको बाँसघारीमा आज लुकीछिपी काटीरहेको गाईको मासु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भोक्राहाको अकाहा प्रहरी चौकीका असई देवकुमार यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीको अधारमा गाईको मासु सहित भोक्राहा नरसिंह २ का सदरुल अंसारीलाई पक्राउ गरेको हो । गाई काट्नमा संगलन भएका अरु थप ७ जना फरार भएको भोक्राहा प्रहरी चौकीका असई यादवले जानकारी दिए । पक्राउ परेका अंसारी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia