भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो को ३६ प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्कुटीमा सवार एकजनाको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट को ११ प ९८६६ नम्बरको स्कुटीमा सवार बरहा नगरपालिका ५ कालावन्जर बस्ने अन्दाजी ४५ वर्षका रामदेव ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने मोटरसाइकल र चालक इटहरी १४ खनार बस्ने २५ वर्षका निजामुद्दिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia