भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा भारतीय गाडीको ठक्कर बाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मंगलवार ४ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको DL 3 CBM 1398 नम्बरको महेन्द्राको जेलो गाडीले पैदल यात्री स्थानीय बिधानन्द सदाको ८ वर्षीय छोरा आनन्द कुमार सदा लाई ठक्कर दिदै उनको मृत्यु भएको हो । ठक्कर बाट गम्भीर घाइते आनन्द लाई उपचारको लागि पठाएकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए । चालक भारत बिहार सुपौल जिल्ला बस्ने अजय कुमार साह र ठक्कर दिने गाडी सिमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia