इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ३ पिपल चौकमा मोटरसाइकल दुर्घटनामा परि बुधबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सञ्जय पण्डित रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ त ७८१६ नम्बरको टयाक्टरमा सोही दिशा तर्फ जादै गरेको को १२ प ९५०८ नम्वरको मोटरसाइकलले ठक्कर दिदा पण्डित गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि ल्याउने क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

टयाक्टर र चालक इनरुवा ३ का डुमरलाल शर्मा जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक फुयालले जानकारी दिनुभयो । बाक्लो हुसुका बेला टयाक्टरको डाला पछाडि लाइट नभएका कारण दुर्घटना भएको प्रहरी नायव उपरीक्षक फुयालले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia