https://www.facebook.com/112654112466256/photos/pcb.758077031257291/758076517924009/?type=3&theater

इनरुवा। तमु ल्होसारको बिदा कटौतीको विरोधमा सुनसरीका गुरुङ समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । तमू ह्यूल छोजं धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय तालिका अनुसार सुनसरीमा समेत धर्ना दिइएको हो । जिल्ला अध्यक्ष बकसमान गुरुङको अगुवाईमा इनरुवा पुगेको टोली प्रशासन हाताभित्र एक घण्टा धर्नामा बसेको थियो । जातीय पहिरनमा धर्नामा सहभागी गुरुङ अगुवा सहितको टोलीले तमु लोसारको बिदा कायम गरिनुपर्ने माग राखेका थिए । यसअघि दिइदै आइएको बिदा कटौती गर्नुलाई जातीय विभेद भएको बताएका धर्नाकारीहरुले निर्णय अविलम्ब सच्याइनुपर्ने बताएका छन् । सुनसरीमा करिव ८ हजारको संख्यामा गुरुङ जातिको बसोवास रहेको छ । यस पटकको तमु ल्होसार पुष १५ गते परेको छ ।

https://www.facebook.com/112654112466256/photos/pcb.758077031257291/758076511257343/?type=3&theater

https://www.facebook.com/112654112466256/photos/pcb.758077031257291/758076671257327/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia