- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको इनरुवामा यादव गोपाल समन्वय समितीको विस्तारीत बैठकले संस्थालाई व्यवस्थित र भावनात्मक एकताको लागि अगाडी बढाउने निणर्य गरेको छ ।

समितिका अध्यक्ष भुवनेवश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यादव जातिय उत्थान र प्रवद्धनका लागि सकृय रहेर काम गर्ने निणार्य गरेको छ । यादव सेवा समितीका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादवको उपस्थितीमा भएको कार्यक्रममा यादव समुदायको जातिय भोज भतेर, विवाह वारी, दहेज, धनी गरीव बीचको विभेद अन्त्य लगायतका सवालमा निणर्य गरेको जनाएको छ ।

जिल्लाका अगुवा तथा बुद्धिजीवि यादवहरुको उपीथतीमा सम्पन्न बैठकमा जिल्लामा यादवहरुको उत्थान र संस्कार, संस्कृती विकाशका लागि अग्रसर रहनु पर्नेमा जोड दिएको सह संयोजक जितु खेरबारले जनाएको छ । कार्यक्रममा यादव अगुवा तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले कुनै पनि संस्था खोलेर मात्र नहुने त्यसको विकास र विस्तार तथा कार्यशैलीमा भर पर्ने भएकाले त्यसमा सबैको सहकार्य र एकतामा जोड दिएका थिए ।

सो कार्यक्रममा भोक्राहा नरसिंह वार्ड नं. ३ का वडाध्यक्ष सुकदेव यादव, थानपति गुरुदेव यादव, शिक्षक देवकृष्ण यादव, पत्रकार जयकृष्ण यादव, प्रमोद यादव, दिपेन्द्र यादव, युवा राजनितिकर्मी महेन्द्र यादव, राजकुमार यादव, मिथलेश यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia