- जयकृष्ण यादव


इनरुवा। सुनसरीका किसानहरुले आफ्नो उपभोगका लागि तोरीबाली लगाउन थालेका छन् । बजारमा बढ्दो मिसावट युक्त तेलको कारणले मानव स्वास्थ्यमा नराम्रो असर परेको भन्दै किसानहरु शुद्ध तेलका लागि तोरी खेती थालेका हुन् । सुनसरीको इनरुवा ९ बबियाका किसान मसहरु साहले आफ्नो घरमा बजारको तेल उपभोग गर्दा पेट सम्बन्धी समस्या देखिएको र बोसो समेत बढेकाले शुद्ध खाने तेलका लागि आफ्जो बारीमा तोरी खेती गरेको बताउनुभयो ।

मसहरु जस्तै अर्का किसान झमेली पंडितले समेत खुल्ला र प्याकेटमा बजारमा पाईने तोरी तेल भनिएपनि केमिकल मिसाएर बनाएका तेल मात्रै भएकाले आफ्नो खेतबारीमा तोरी बाली लगाएको बताउनुभयो । मिसानवट युक्त तेलका कारणले विभिन्न स्वास्थ्य समस्या देखिएकाले शुद्ध खाने तेलका लागि तोरी खेती थालेको पंडितको नभाई रहेको छ । केही वर्षदेखी छिमेकीहरुले समेत तोरी खेती छाडेकाले आफूलेपनि छाडेको र बजारको अशुद्ध खानेतेलले समस्या दखिन थालेपछि फेरी शुद्ध तेलका लागि तोरी खेती लगाउन सुरु गरेको इनरुवा २ का किसान देवनारायण मेहताले जानकारी दिनुभयो ।

सुनसरीमा एक दशक अगाडीसम्म तीन हजार हेक्टरसम्ममा तोरी खेती भएको कृषिको तथ्यांक रहेकोमा अहिले आएर दुई सय हेक्टर क्षेत्रफलमा सिमित बनेकाले बजारको अशुद्ध तेल खान बाध्य भएकाले त्यसको विबल्पमा फेरी किसानहरुले तेलका लागि तोरी खेती थालेका कृषि प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो । इनरुवाको डुम्राहा, मधेसा, चान्दबेला, बबिया लगायतका क्षेत्रमा केही किसानले आफ्नो उपभोगका लागि एक कट्ठादेखि १५ कट्ठासम्ममा तोरी बाली लगाएको इनरुवा कृषि शाखाले जनाएको छ । इनरुवा सहित हरिनगर, देवानगञ्ज , बर्जु , दुहवी , गढी लगायतका क्षेत्रमा फाटफुट रुपमा व्यवसायीक नभई निर्वाहमुखी रुपमा शुद्ध खानेतेलका लागि तोरी खेती लगाएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia