- जयकृष्ण यादव

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालयको प्रयासमा लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजकत्वमा १९ सदस्य समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका सेवा केन्द्रकी विनुमाया बस्नेत, सदस्यहरुमा पत्रकार जकयृष्ण यादव , अधिकारकर्मी रमेश भट्टराई, खेमराज पोखरेल, मन्जिता उपाध्याय, चुनी खातुन , कानुन अधिकारी, सरिता घिमिरे, पुरुषोत्म घिमिरे, सकुन्तला भण्डारी, पञ्चदेव मेहता, अनिता राजधामी, इन्दु उप्रेती, प्रिती मेहता, देवचरण चौधरी, शान्ती दनुवार, प्रमोद सुवेदी लगातका चयन हुनुभएको छ ।

समितिको सल्लाहकारमा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल र जिल्ला समन्वय समितिका उपपमुख कृष्णा विक चयन हुनुभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताउनुभयो । समितिले जिल्लामा लैगिंक हिसाँ न्युनिकरण तथा नियन्त्रणमा योगदान गर्ने, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्ने र पीडितलाई सेवा प्रदान गर्ने बताइएको छ ।

समितिले गाउँपालिका, नगरपालिका र वडा स्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिने फुयालले जानकारी दिनुयभो । सुनसरीमा पहिलो पटक जिल्लाका सबै सरोकारबालाहरुलाई डाकेर समिति निर्माण गरिएको हो । समितिले बढी लैगिंक हिसाँ भएको वा हुने क्षेत्रमा सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिने लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia