- बिरेन्द्र शाह

इनरुवा।सुनसरी सदरमुकाम इनरुवामा पत्रकारकालागि सम्पर्क कार्यालय संचालनमा आएको छ । नेपाल पत्रकार महासंघ सुनसरी शाखा मातहत रहनेगरी इनरुवामा सम्पर्क कार्यालय संचालनमा ल्याइएको हो । जिल्ला समन्वय समिति सुनसरीको कार्यालयले महासंघकालागि कोठा उपलब्ध गराएपछि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

साविक जिविसको कार्यालयसँगैको भवनमा तत्कालिन समयमा संचालनमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रजिअ कक्ष महासंघको इनरुवा सम्पर्क शाखाका रुपमा प्रयोगमा ल्याइएको छ । राष्ट्रिय सुचना आयोगका आयुक्त किरण पोखरेल सहित जिसस सुनसरीका प्रमुख गोपाल राजभण्डारी र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्काले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको छ ।
यसैबिच सरोकारबाला सहित संचारकर्मीहरुको उपस्थितीमा पत्रकारिताको विद्यमान चुनौती र सामाजिक उत्तरदायित्व विषयक छलफल समेत गरिएको छ । कार्यक्रममा अग्रज पत्रकार अर्जुन उप्रेतीले विषयवस्तु उपर प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सुचना आयोगका आयुक्त पोखरेलले पत्रकारिता निश्पक्ष बन्न नसक्दा यदाकदा आलोचित हुँदै आइरहेको बताउनु भयो । पेशा प्रति निष्ठावान भई दलीय आडमा नभई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न संचारकर्मीहरुलाई आयुक्त पोखरेलले आग्रह समेत गर्नु भएको छ । पोखरेलले सामाजिक उत्तरदायित्व वहन हुनेगरी कलम चलाउन समेत संचारकर्मीहरु समक्ष आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia