इनरुवा । इनरुवा जेसिजको २०१९ को लागि जितेन्द्र यादव सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । सोमबार बसेको इनरुवा जेसिजको ३५ औं शाखा अधिवेशनले यादवले २०१९ को लागि इनरुवा जेसिजको अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत सुनोज निरौलाका अनुसार जितेन्द्र यादव अध्यक्ष, दिपेश भट्टराई र चन्दन यादव एभीपी,मुन्ना गुप्ता र राजीव मेहता त्यसैगरी कंचन कोइराला बराल र जीवन शाही भीपीमा सर्वसम्मत रूपमा २०१९ का लागि निर्वाचित भएको छ । ३५ औं शाखा अधिवेशनमा पूर्व जेसिज अध्यक्ष धिरज भट्टराई, बिरेन्द्र शाह,निवर्तमान इनरुवा जेसिज अध्यक्ष कुन्दन मेहता,हिरा साह,कृष्ण अधिकारी,बिनोद मिश्र,शिव नारायण यादव सहितको उपस्थिति रहेको सम्यम कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia