https://www.facebook.com/112654112466256/photos/pcb.761352200929774/761352014263126/?type=3&theater
मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारिएको छ । इनरुवा खेल मैदानमा पुष २१ गतेबाट संचालन हुने प्रतियोगिता माघ ७ गते सम्म चल्ने छ । प्रतियोगिता संचालनको मिति नजिकिएसँगै खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणको काम तिव्र पारिएको छ । खेलकालागि पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । योसँगै घेराबेराका साथै मैदान मर्मत तथा लेवलिङको काम समेत लगभग सकिएको छ ।
https://www.facebook.com/112654112466256/photos/pcb.761352200929774/761352007596460/?type=3&theater
प्रतियोगितालाई लक्षित गरी राजमार्ग सहित नगरभित्र र बाहिर प्रचारात्मक तुल, ब्यानर टाँगिनुकासाथै प्रवेश द्वारहरु निर्माण गरिएका छन् । आयोजक टिम घोषणाकालागि इनरुवामा खेलाडी छनौटको काम भैरहेको छ ।इनरुवामा आयोजना हुन लागेको प्रतियोगिता नगरको पहिचानका लागि महत्वपूर्ण सावित हुने भएकाले समेत राष्ट्रिय क्रिकेट प्रतियोगितालाई भब्य बनाउन कुनै कसर बाँकी नराख्ने कार्यक्रम संयोजक विप्लब घोषले बताए ।
https://www.facebook.com/112654112466256/photos/pcb.761352200929774/761352000929794/?type=3&theater
इनरुवामा संचालन हुन लागेको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता मोफसलकै ठुलो प्रतियोगिता हो । राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा सातवटै प्रदेश सहित आयोजक इनरुवाका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीनवटै विभागिय टिम र एक भारतीय क्रिकेट क्लब उपाधीकालागि मैदान उत्रिदै छन् ।
https://www.facebook.com/112654112466256/photos/pcb.761352200929774/761352050929789/?type=3&theater
इनरुवा नगरपालिको कार्यालय र शान्तिदीप नेपालको आयोजनामा संचालन हुन लागेको प्रतियोगिताको मूख्य प्रायोजक वाइवाइ चाउचाउ रहेको छ । प्रतियोगिताको बिजेताले ४ लाख १ हजार सहित शिल्ड प्राप्त गर्ने छ । उपबिजेताले २ लाख १ हजार र सेमिफाइनल पुग्ने दुई टिमले प्रमाणपत्र सहित नगद २५ हजारका दरले रकम प्राप्त गर्ने छन् ।त्यसैगरी प्रतियोगिताको उत्कृष्ठ खेलाडीले ५१ हजार, उत्कृष्ठ बलरले २१ हजार १ सय, उत्कृष्ठ ब्याट्सम्यानले २० हजार १ सय, अनुशासित टिमले १५ हजार र उदयमान खेलाडीले ट्रफी सहित नगद १० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक बिप्लव घोषले जानकारी दिए ।








