- अमर काफ्ले

इनरुवा नगरपालिकाको बारुण यन्त्र (दमकल) बिरगञ्ज पु¥याइएको छ । काम नलाग्नेगरी बिग्रिएपछि मर्मतकालागि दमकल बिरगञ्ज लगिएको इनरुवा नगरपालिकाले जनाएको छ । जाडोयाम रहेकाले यतिवेला ग्रामिण लगायतका भेगमा दैनिकजसो आगलागी भैरहेका छन् । सदरमुकाममा रहेको दमकल एकसातायता बिग्रेकाले आसपासका पालिकाहरुमा रहेका दमकलको भरपर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
इनरुवा नगरपालिकाको दमकल इन्चार्ज बिनोद भट्टराईका अनुसार दमकल कतिदिनमा बनिसक्ने हो कुनै टुङगो छैन् ।

इटहरीमा रहेको सिपर्दीको कार्यालयले बिग्रेको दमकल बनाउन नसकेपछि बिरगञ्जस्थित कार्यालय पु¥याइएको इनरुवा नगरपालिकाको दमकल शाखाले जनाएको छ ।पानी तान्ने लगायत दमकलको सम्पूर्णजसो पार्टपुर्जामा खराबी देखिएकाले मर्मतकालागि दमकल बिरगञ्ज लिएर आएको इन्चार्ज भट्टराईले बताए । सामान र मेकानिक सहज रुपमा उपलब्ध हुने भएकाले छिटो मर्मत गरी संचालनमा ल्याउन दमकल बिरगञ्ज लगिएको भट्टराईले बताए ।

इनरुवा : ०२५–५६०१०१ (हाल बिग्रिएको) सम्पर्क गरी अन्यलाई खबर गराउन सकिने ।
धरान : ०२५–५२०१९९
इटहरी : ०२५–५८०१०१
दुहवी : ९८६२३२५८७६/९८१०४८४५५६ (ड्राइभर)

इनरुवाको दमकल यसअघि समेत पटकपटक मर्मत गरिएको थियो । स्थानीयले दमकल पटकैपिच्छे बनाउँदा समेत बिग्रिरहने विषयलाई आफुअनुकुल टिकाटिप्पणी गरिरहेका छन् । इनरुवाको दमकल शाखाले भने मेसिनरी चिज भएकाले सामान बिग्रनु र मर्मत गरिनुलाई अन्यथा लिन नहुने प्रतिकृया दिँदै आएको छ ।केहिसमय अघि सखुवागाछीमा भएको आगलागीमा इनरुवाको दमकल बिग्रदा अन्यत्रबाट आएका दमकलले आगो निभाउनु पर्ने अवस्था उत्पन्न हुँदा ठुलो धनरासीको क्षति हुन पुगेको थियो ।वैकल्पिक रुपमा दमकलको व्यवस्था गर्न विगत लामो समयदेखि जनस्तरबाट दवाब झेल्दै आएको इनरुवा नगरपालिकामा यतिबेला पूनः दमकल बिग्रेको विषय बहसमा आएको छ ।

अघिल्लो दिनमात्रै भोक्राहा क्षेत्रमा आगलागी भए । आगलागी नियन्त्रणकालागि दुहवी र इटहरीका दमकल पुगे । नजिकै रहेको सदरमुकामको दमकल बिग्रदा समयमै आगलागी नियन्त्रण हुन नसकेको विषयप्रति स्थानीय रुष्ट देखिएका छन् ।जाडोको समय रहेकाले जताततै बालिने घुर र विद्युत सर्ट भई हुनसस्क्ने आगलागीको सम्भावनालाई नकार्न सकिन्न् । नगरभित्रै कुनै आगलागी भए दमकल र इनरुवा नगरपालिका केन्द्रीत आक्रोसका स्वरहरु फेरीपनि नउठलान भन्न सकिन्न् । जसकालागि स्थानीयलाई बेलैमा वास्तविकता जानकारी गराउँदै पूर्व सावधानी सहित आवश्यक बन्दोवस्ती मिलाउन ढिलाई गर्न नहुने इनरुवाका अगुवा रमेश भट्टराई बताउँछन् ।

इनरुवा नगरपालिकाको कार्यालयले दमकल मर्मत गर्न आवश्यक भएकाले सोही प्रयोजनमा जुटेको बताएको छ । नगर प्रमुख राजन मेहताले बिग्रेको दमकल तिव्रगतिमा मर्मत गरी चाँडै संचालनमा ल्याइने बताएका छन् ।वैकल्पिक दमकलको जोहो गर्न लागिपरेको बताउने नगर प्रमुख मेहताले नयाँ दमकल खरिद लगायत आवश्यक अन्य प्रकृयाको हकमा कार्यपालिकाको बैठकमा प्रस्ताव लगेर पारित गराउने तर्फ जुट्ने बताए । कार्यपालिकाले प्रस्ताव पारित गरे तत्कालैबाट नयाँ दमकलको प्रकृयाकालागि केन्द्र लगायत सरोकारवालासँग पहल थाल्ने मेहताले प्रतिवद्धता जनाएका छन् ।दमकल नभएको तत्कालको अवस्थामा आगलागीका घटना भए उपलब्ध भएका पालिकाहरुसँग समन्वय गरी काम गर्ने बन्दोवस्ती मिलाइएको मेहताले बताए । मातहत सबैमा जानकारी गराइएको बताउने इनरुवा नगरपालिकाले सूचनाका आधारमा दमकल कर्मचारीहरु परिचालित हुनेदेखि समन्वयको भूमिकामा खटिने गरी स्टेण्डवाई राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia