नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीको ३० औ साधारणसभा इनरुवामा समपन्न भएको छ ।
४ सय ६५ जना साधारण सदस्यहरु रहेको एशोसिएसनको साधारण सभामा सांगठनिक लगायतका विभिन्न प्रतिवेदन पस्तुत गरिएको थियो । साधारण सभाले पुस २७ गते शुक्रवारकालागि निर्वाचनको मिति समेत तय गरेको छ ।
साधारणसभामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय सचिव सरोज घिमिरे, भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाका प्रमुख सुर्यबहादुर थापा, केन्द्रीय सदस्य गजेन्द्र श्रेष्ठ, पुर्व सचिव तथा इनरुवा ३ का वडाअध्यक्ष कालुराम गुरुङ, पुर्व अध्यक्ष राजकुमार पोखरेल, नारायणप्रसाद निरौला, सल्लाहकार शैलेश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बन्दसत्रले अधिवेशनका लागि वर्तमान अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा अध्यक्ष मण्डलको समेत गठन गरेको सचिव लक्ष्मी पोखरलले बताए ।
निर्वाचनका लागि अधिवक्ता गणेश पोखरेल संयोजक सदस्य सचिव रमेश तिम्सिना, मनोज अधिकारी, दुलिचन्द चौधरी र रमेश घिमिरे रहेको निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समितिका रमेश तिम्सिनाका अनुसार उमेदवारहरुको मनोनयन पौष २२ गते हुनेछ । उमेदवार उपरको दावी विरोध पौष २३ गतेकालाई तोकिएको छ भने उमेदवारी फिर्ता लिने समय पौष २४ गते र अन्तिम नामावली प्रकाशन पौष २५ गते सार्वजनिक गरि पौष २७ गते शुक्रवार निर्वाचन गरिने कार्यक्रम रहेको छ ।








