- दिलिप कुमार साह


राजविराज । जग्गा विवादका कारण राजविराज बस पार्कको निर्माण कार्य फेरी अवरोध भएको छ । अहिलेसम्म चार÷चार पटक बसपार्कको शिलान्यास भएको छ ।

सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गर्नु भएको थियो । यसअघि बि.स. २०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेनवली र २०५२ साल असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गर्नु भएको थियो ।

काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले मन्त्रालयको रु. १७ करोड लागतमा २०७७ पुस १८ भित्र सम्पन्न गर्ने गरी बसपार्क निर्माण कार्य गर्दै आएका छन । तर, जग्गा विवादका कारण निर्माण कार्य फेरी रोकिएको छ । भ्याट बाहेक रु. १६ करोड ३८ लाख ९६ हजार ५१९ मा बसपार्कभित्र सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा वाउन्ड्रिवालसमेत निर्माण कार्य भइरहेको थियो ।

स्थानीय रीता दास, घनश्याम दास, रामकुमार दास र ललितादेवी दासले संयुक्त रुपमा निजी जग्गा जबरजस्ती अधिग्रहण गरी बसपार्क निर्माण गरिरहेको भन्दै राजविराज नगरपालिकाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि निर्माण कार्य प्रभावित भएको छ । गत कात्तिक २६ गते उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेको छ । अदालतको आदेशपछि सानातिना काम भइरहेपनिका मुख्य काम रोकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख रमेश थिङले जानकारी दिनुभयो ।

यस्तै स्थानीय शुभनारायण दास, विष्णुप्रसाद सिंह र सुरुतीकुमारीले पनि आफूहरूको जग्गा जबरजस्ती अधिग्रहण गरी बसपार्क निर्माण भइरहेको भन्दै नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका छन् । एकपछि अर्को मुद्दा पर्न थालेपछि काम प्रभावित भएको बताउँदै थिङले एकैपटक पाँच वटा मुद्दा खेपिरहेको अवस्थामा पनि निवेदकले माग दाबी नगरेको जग्गामा निर्माण काम भइरहेको हुँदा अपहेलना मुद्दा दर्ता भएपछि ती ठाउँको पनि काम रोकिएको जानकारी दिनुभयो । करिब पाँच वर्षसम्म जग्गा स्वामित्वको विषयमा सर्वोच्च अदालतमा मुद्दा चल्दा बि.स. २०३६ मा बसपार्क निर्माणका लागि वार्ड नं. २ मा चार बिघा १४ कामध्ये राजविराज नगरपालिकाको स्वामित्वमा आएको हो ।

बि.स. २०५१÷५२ सालमा सर्वोच्च अदालतमा पुराना जमिन्दारहरूले आफन्त र कामदारका नाममा राखिएको जग्गा जबरजस्ती कब्जा गरिएको भन्दै मुद्दा दायर गरेको थियो । तर, २०६९÷७० सालमा सर्वोच्चले मुद्दा खारेज गरेपछि जग्गाको स्वामित्व नगरपालिकामा आएको थियो । बि.स. २०२४÷२५ सालसम्म तत्कालीन राजविराज(१ निवासी अमरसिंह चौधरीको नाममा रहेको साढे तीनढ बिघा जग्गा जिम्दारी (पोत) नबुझाएका कारण लिलाम भएको र मलेठ निवासी मोहन मण्डलले लिलाम सकारेपनि रकम नबुझाउँदा लिलाम खारेज भई सरकारी स्वामित्वमा गएपछि सोही जग्गामा बसपार्क निर्माण भइरहेको एक पूर्व नगरप्रमुखले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia