इनरुवा। सुनसरीमा सात वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका ८ का २१ वर्षिय राजेश उराँवलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका ८ डुम्रहाकी सात वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका ८ का उराँवलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । नाबालिकालाई घरमा एकलै रहेको मौकामा फकाएर बलात्कार गरेको आरोपमा उराँवलाई प्रहरीले गिरफतार गरेको हो । पीडित बालिकाको सोही दिन इनरुवा अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो । पीडकलाई गिरफतार गरी जवरजस्ती करणी मुद्धा चलाएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia