इनरुवा । लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले गठन भएको लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समितिले कार्ययोजना बनाउने भएको छ । सञ्जालका सदस्य मन्जिता उपाध्यायको संयोजकत्वमा समितिले कार्ययोजना बनाउने भएको हो । सञ्जालको पहिलो बैठकले संचार संयोजकमा पत्रकार जयकृष्ण यादवलाई मनोनित गर्ने, सदस्यमा विनिता दाहाल र टिका शिवाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । आईतबार पहिलो बैठकमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले सञ्जाललाई सकृय पार्ने र लैगिंक हिसाँ न्यूनिकरणका लागि काम गर्ने बताउनुभयो ।
वहाँले बैठकमा आफ्नोको संयोजकत्वमा गठन भएको लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समितिको संचार संयोजकमा पत्रकार यादवलाई चयन गरेको समेत जानकारी दिनुभयो । बैठकमा समितिका सदस्य मानव अधिकारकर्मी रमेश भट्टराई, खेमराज पोखरेल, मन्जिता उपाध्याय, चुनी खातुन, कानुन अधिकारी, सरिता घिमिरे, पुरुषोतम घिमिरे, सकुन्तला भण्डारी, पञ्चदेव मेहता, अनिता राजधानी, विन्दु उप्रेती, प्रिती मेहता, देवचरण चौधरी, शान्ती दनुवार, प्रमोद सुवेदी र सदस्य सचिव विनु बस्नेत लगातको उपस्थिती रहेको थियो ।
समितिको पहिलो बैठकमा सल्लाहकार इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल र जिल्ला समन्वय समितिका उपपमुख कृष्णा विक लागयतकाले समितिले जिल्लामा लैगिंक हिसाँ न्युनिकरण तथा नियन्त्रणमा योगदान गर्ने, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो । पीडितलाई सल्लाह, सुझाव, सचेतनामुलक कार्यक्रम गर्ने, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्ने र पीडितलाई सेवा प्रदान गर्ने कार्ययोजना बनाउने प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताउनुभयो । समितिले जिल्ला, गाउँपालिका, नगरपालिका र वडा स्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिने फुयालले जानकारी दिनुभयो । सुनसरीमा पहिलो पटक जिल्लाका सबै सरोकारबालाहरुलाई डाकेर समिति निर्माण गरिएको समितिले बढी लैगिंक हिसाँ भएको वा हुने क्षेत्रमा सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिने लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जालले जनाएको छ ।









